एमालेको विधान महाधिवेशन : प्रतिनिधिलाई प्रवेश शुल्क नलाग्ने, आवासको ब्यवस्थापन आफैं गर्नुपर्ने

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०८२, ०९ : १९
एमालेको विधान महाधिवेशन : प्रतिनिधिलाई प्रवेश शुल्क नलाग्ने, आवासको ब्यवस्थापन आफैं गर्नुपर्ने

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेको विधान महाधिवेशन हुँदैछ । भदौं २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुन लागेको विद्यान महाधिवेशनको तयारीमा अहिले एमाले लागिरहेको छ ।

विद्यान महाधिवेशनमा कुल  २३ सय ९२ जना प्रतिनिधिहरु सहभागी हुने एमालेले जनाएको छ । जसमध्ये २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजक रहने एमाले प्रचार विभागले जनाएको छ ।

विधान महाधिवशेनमा सहभागी प्रतिनिधिहरुलाई प्रवेश शुल्क नलाग्ने र उनीहरुले आवासको भने आफैं ब्यवस्थापन गर्नुपर्ने एमालेले जनाएको छ । खानाका लागि महाधिवेशन स्थल गोदावरीमै ब्यवस्थापन गर्ने तर आवासको ब्यवस्थापन आफैले गर्नुपर्ने एमालेले जनाएको छ ।

त्यसो गर्दा प्रतिनिधिहरुलाई प्रवेश शुल्क नलिने निर्णय भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । सामान्यतया: राजनीतिक दलका यस्ता अधिवेशन, बन्दशत्रहरुमा आवास, खाना लगायतको ब्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यका साथ प्रतिनिधि, पर्यवेक्षकहरुसँग न्यूनतम शुल्क लिने गरिएको हुन्थ्यो । तर यसपटक आफै आवासको ब्यवस्थापन गर्नु, प्रवेश शुल्क लिँदैनौं भनेर प्रतिनिधिहरुलाई खबर पठाइएको उनले बताए ।

विद्यान अधिवेशनमा आउने प्रतिनिधिहरुलाई सातदोवाटो देखि कार्यक्रम स्थलसम्म पुग्नका लागि पार्टीका निकायहरुले सार्वजनिक सवारी साधनको ब्यवस्थापन गर्ने र त्यहाँबाट भने आफनो सहज आवासमा जान प्रतिनिधिहरुले सक्ने पनि प्रचार विभागले जनाएको छ ।

एमालेको चितवनमा २०७८ मा भएको दशैं महाधिवेशनमा सहभागी प्रतिनिधि नै यो विधान महाधिवेशनमा प्रतिनिधि हुने र त्यसभन्दा अन्यत्र सहभागी हुन नपाउने एमालेको निर्णय छ । एमालेको चितवन महाधिवेशनमा कुल २१७५ जना प्रतिनिधि सहभागी थिए । तर यसपटक एमालेले प्रतिनिधि र आयोजक गरी २३ सय ९२ जना (आयोजकसहित) सहभागी हुने जनाएको छ ।

महाधिवेशन सफल बनाउन उसले कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस