भरतपुर । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।
इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो ।
सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले बताए ।
सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने सुरु भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ भदौ २०८१, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो
आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता
नारायणगढ–मुग्लिन सडक आजदेखि फागुन १२ सम्म दैनिक ४ घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा, विस्फोट गर्नुपर्ने अवस्था टर्यो
नारायणगढ–मुग्लिन सडक थप तीन साता बन्द हुँदै
नारायणगढ–मुग्लिन सडक शनिबारदेखि दैनिक चार घण्टा बन्द हुने