काठमाडौँ । मनोहरा किनारको सुकुम्वासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगा प्रहार भएको छ । बस्तीमा डोजर चलेपछि काठमाडौँ महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्वासीहरूले ढुंगामुढा प्रहार गरेका हुन् । साथै उनीहरूले डोजरमा पनि ढुंगामुढा गरेर तोडफोड गरेका छन् ।
महानगरको नगर प्रहरीको टोली सुकुम्वासी बस्तीमा बनेको नयाँ बनेका घर टहरा हटाउन डोजर लिए पुगेका थिए । सोही क्रममा सुकुम्वासी र नगरप्रहरीबीच तनावग्रस्त माहोल बनेको छ ।
मनोहरा किनारमा रहेको सुकुम्वासी बस्तीमा बनेको घरमा महानगरले डोजर चलाएपछि स्थानीयहरू आक्रोशित भएका छन् । आक्रोशित भिडले नगर प्रहरी र प्रहरीमाथि आक्रमण गरेको हो । झडप हुन सक्ने सम्भावना भएपछि नेपाल प्रहरीको टोली पनि सँगै गएका थिए ।
गत साउन ८ गते गोरखापत्रमा सूचनामा जारी गरेर व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो । व्यक्तिको जग्गामा नयाँ संरचना बनेपछि महानगरले डोजर चलाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० साउन २०८२, १३ : ५३
लेखकबाट थप