काठमाडौँ । मनोहरा किनारको सुकुम्वासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगा प्रहार भएको छ । बस्तीमा डोजर चलेपछि काठमाडौँ महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्वासीहरूले ढुंगामुढा प्रहार गरेका हुन् । साथै उनीहरूले डोजरमा पनि ढुंगामुढा गरेर तोडफोड गरेका छन् ।
महानगरको नगर प्रहरीको टोली सुकुम्वासी बस्तीमा बनेको नयाँ बनेका घर टहरा हटाउन डोजर लिए पुगेका थिए । सोही क्रममा सुकुम्वासी र नगरप्रहरीबीच तनावग्रस्त माहोल बनेको छ ।
मनोहरा किनारमा रहेको सुकुम्वासी बस्तीमा बनेको घरमा महानगरले डोजर चलाएपछि स्थानीयहरू आक्रोशित भएका छन् । आक्रोशित भिडले नगर प्रहरी र प्रहरीमाथि आक्रमण गरेको हो । झडप हुन सक्ने सम्भावना भएपछि नेपाल प्रहरीको टोली पनि सँगै गएका थिए ।
गत साउन ८ गते गोरखापत्रमा सूचनामा जारी गरेर व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो । व्यक्तिको जग्गामा नयाँ संरचना बनेपछि महानगरले डोजर चलाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ साउन २०८२, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
मनोहरास्थित सुकुम्वासी बस्तीमा आज फेरि डोजर, हिजो भएको थियो आक्रमण
थापाथलीस्थित सुकुम्वासी वस्तीमा चल्यो डोजर
सुकुम्वासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन
थापाथली बस्ती पुगे सांसद आरेन राई, सुकुम्वासीको पक्षमा रहने प्रतिबद्धता