काठमाडौँ। कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु घटनाबारे संसदीय समितिमा छलफल हुने भएको छ । कारागारमा कैदी बन्दीको दुई समूहबीच भएको झडपमा कैद बन्दी भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४८ जना घाइते भएका थिए ।
यस्तो घटना भएको ४० घण्टासम्म कैदीबन्दीले नै कारागार नियन्त्रणमा लिएका थिए । यो घटनाका सम्बन्धमा संसदीय समितिले चासो राखेर बैठक नै राखेको छ ।प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले बुधबार बिहान १० बजे बैठक राखेको छ ।
सिंहदरवारमा बस्ने बैठकमा ‘कैलाली कारागारमा मिति २०८२ साउन २३ गते घटेको घटना, सोको प्रभाव र समस्या समाधानका उपायहरू’बारे छलफल गर्ने कार्यसूची छ । बैठकमा गृहमन्त्री रमेश लेखकलाई समेत बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ साउन २०८२, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सुरक्षालाई साझा जिम्मेवारीका रूपमा बुझौँ: गृहमन्त्री अर्याल
निर्वाचन फागुन २१ मै हुन्छ, कुनै शंका नगर्नू: गृहमन्त्री अर्याल
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री
सत्तामा टाँसिइरहने हाम्रो ध्यान छैन : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल