काठमाडौँ। कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु घटनाबारे संसदीय समितिमा छलफल हुने भएको छ । कारागारमा कैदी बन्दीको दुई समूहबीच भएको झडपमा कैद बन्दी भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४८ जना घाइते भएका थिए ।
यस्तो घटना भएको ४० घण्टासम्म कैदीबन्दीले नै कारागार नियन्त्रणमा लिएका थिए । यो घटनाका सम्बन्धमा संसदीय समितिले चासो राखेर बैठक नै राखेको छ ।प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले बुधबार बिहान १० बजे बैठक राखेको छ ।
सिंहदरवारमा बस्ने बैठकमा ‘कैलाली कारागारमा मिति २०८२ साउन २३ गते घटेको घटना, सोको प्रभाव र समस्या समाधानका उपायहरू’बारे छलफल गर्ने कार्यसूची छ । बैठकमा गृहमन्त्री रमेश लेखकलाई समेत बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ साउन २०८२, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग