काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । बजार परिसूचक आज २७.९० अङ्कले घटेको हो । योसँगै बजार परिसूचक २८२२.४६ अङ्कमा कायम भएको छ । बजारमा आज १० अर्ब २१ करोडको कारोबार भयो ।
आज बजारमा २० कम्पनीको मूल्य बढ्दा २२० कम्पनीको मूल्य घटेका छन् । म्युचुअल फण्ड र अन्य समूह बाहेक सबै समूहका सूचक आज नकारात्मक रहेका छन् । विकास बैंक र माइक्रोफाइनान्स समूह आज २ प्रतिशत भन्दा धेरैले घटेको देखिएको छ ।
बजारमा आज रिभर फल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लाग्दा उन्नति सहकार्य लघुवित्त र लिवर्टी इनर्जीको मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेका छन् । आज कारोबार रकममा आधारमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स कम्पनी र नेपाल रिइन्स्योरेन्स कम्पनी अगाडि रहेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ साउन २०८२, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारका सबै सूचक घटे
४.९८ अंकले घट्यो सेयर बजार
नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि
बढ्यो सेयर बजार, ४ कम्पनीमा १० प्रतिशत वृद्धि
सेयर बजार २५४० अंकमा झर्यो
सामान्य अंकले बढ्यो नेप्से परिसूचक