काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । बजार परिसूचक आज २७.९० अङ्कले घटेको हो । योसँगै बजार परिसूचक २८२२.४६ अङ्कमा कायम भएको छ । बजारमा आज १० अर्ब २१ करोडको कारोबार भयो ।
आज बजारमा २० कम्पनीको मूल्य बढ्दा २२० कम्पनीको मूल्य घटेका छन् । म्युचुअल फण्ड र अन्य समूह बाहेक सबै समूहका सूचक आज नकारात्मक रहेका छन् । विकास बैंक र माइक्रोफाइनान्स समूह आज २ प्रतिशत भन्दा धेरैले घटेको देखिएको छ ।
बजारमा आज रिभर फल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लाग्दा उन्नति सहकार्य लघुवित्त र लिवर्टी इनर्जीको मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेका छन् । आज कारोबार रकममा आधारमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स कम्पनी र नेपाल रिइन्स्योरेन्स कम्पनी अगाडि रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ साउन २०८२, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार