जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०८२, ११ : ४५
जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

काँक्रेविहार(सुर्खेत) । जाजरकोटको भेरी नगरपालिका–१ कोलचौर नजिकै कल्ले खोलामा आज बिहान भे१च २२४७ नंको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

चालक भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको घटनास्थलमा नै मृत्यु भएको हो । अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । 

भेरी नगरपालिका–१  डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो । उकालो जाने क्रममा भित्तामा ठोक्किएर एम्बुलेन्स करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।  

 

प्रतिक्रिया दिनुहोस