बुटवल । नेसपा नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले भैरहवा कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई भेटेका छन् । बिहीबार अध्यक्ष भट्टराईले सभापति लामिछानेलाई भेटेका हुन् ।
भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको भट्टराईले बताएका छन् । उनले आफ्नो रास्वपाका सभापति लामिछानेप्रति सदभाव रहेकोले भेट्न आएको समेत बताए ।
उनले अदालतले गरेको फैसलामा टिप्पणी नगर्ने तर अहिले रवि लामिछानेमाथिको अभियोग पुष्टि नभएको बताए । लामिछाने जनताको प्रतिनिधि भएको नाताले कतै भागेर जाने सम्भावना नभएको पनि उनले बताए ।
नेसपा लुम्बिनी प्रदेशको दुई दिने प्रशिक्षण कार्यक्रममा भैरहवा आएका डा. भट्टराईले कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेसँग भेटघाटमा गरेको नेसपा नयाँ शक्तिका केन्द्रीय सदस्य पङ्कज राईले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ साउन २०८२, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई
डा. बाबुराम भट्टराईलाई पितृशोक
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
चुनाव लड्दिनँ भनेका बाबुरामले फेरि किन रोजे गोरखा क्षेत्र नम्बर २ ?