काठमाडौ । गृहमन्त्री रमेश लेखकले मुलुकी अपराध संहितामाथि संशोधनका विषयमा छलफल गर्न विधयेक समितिको बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान नौबजे बस्नेगरि लेखकले बैठक बोलाएका हुन्।
हाल चर्चामा रहेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानूनी वैधता दिने प्रस्तावित कानून लगायतका विषयमा बैठकमा छलफल हुने गृहमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारले अपराध संहिता संशोधन गरेर बहुविवाहलाई मान्यता दिन लागेको भन्दै चर्को आलोचना भइरहेको छ।कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकारले बहुविवाहलाई प्रोत्साहन गर्न नखोजेको बताउँदै आएका छन्।
अवैध सम्बन्धबाट गर्भ रहँदा जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि भन्दै सरकारले बहुविवाहलाई मान्यता दिनगरि कानून संशोधन गर्न लागेको चर्चा छ।
खासगरि कानुन मन्त्रालयले विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो विवाह कायम हुने गरी संहिताको धारा १७५ संशोधन गर्न लागेपछि यसले चर्चा पाएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ साउन २०८२, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
यो चुनावले मानवता, मुलुक र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको छ: गृहमन्त्री अर्याल
गृहमन्त्री अर्यालद्वारा ललितपुरमा मतदान
राष्ट्रिय सुरक्षालाई साझा जिम्मेवारीका रूपमा बुझौँ: गृहमन्त्री अर्याल
निर्वाचन फागुन २१ मै हुन्छ, कुनै शंका नगर्नू: गृहमन्त्री अर्याल
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री