एजेन्सी । यमनको समुन्द्री तटमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६८ अफ्रिकी आप्रवासीको ज्यान गएको छ।
संयुक्त राष्ट्र सङ्घीय आप्रवासी नियोगले जनाए अनुसार ७४ जना हराइरहेका छन्। सो डुङ्गामा १५१ जना इथियोपियाका आप्रवासी थिए।
दुर्घटनामा १२ जना बाच्न सफल भएका छन्। ५४ जनाको शव खानफारमा फेला परेको हो। १४ जनाको शव अन्य विभिन्न स्थानमा फेला परेको छ। यमनी अधिकारीहरूले यसअघि नै ५४ जनाको ज्यान गएको बताएका थिए।
जन्जिबारमा रहेको स्वास्थ्य निर्देशक अब्दुल बादेर कलामीले साक्रमा उनीहरूको अन्त्येष्टि गरिने जानकारी दिए।
त्यहाँ पानीको बाटो हुँदै यमनी र अफ्रिकालीले यात्रा गर्नु स्वाभाविक मानिन्छ। सन् २०१४ मा यमनमा गृह युद्ध सुरु भएपछि सोही बाटोको प्रयोग गरेर भाग्नेक्रम व्यापक भएको हो।
सोमालिया र इथियोपियाका बासिन्दा पनि सोही बाटोबाट भाग्ने गर्छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २० साउन २०८२, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु