सुनको मूल्य तोलामा ३४०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?

सफल खबर संवाददाता

आइतबार, १८ साउन २०८२, ११ : १६
सुनको मूल्य तोलामा ३४०० रुपैयाँ बढ्यो,  कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा साताको कारोबारको पहिलो दिन सुनको मूल्य ३४०० रुपैयाँ वृद्धि भएको हो । 

महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । जवकि शुक्रबार तोलामा १ लाख ९३ हजार १०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार २ हजार २३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार २५० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस