काठमाडौं । गत वैशाखदेखि हालसम्म एक हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको मृत्यु भएको छ भने १४४ जना घाइते भएका छन् । त्यसबाट एक हजार १२४ घर परिवार प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि हालसम्म विपदजन्य दुई हजार ४५६ घटना भएका छन् ।
प्राधिकरणका अनुसार सो अवधिमा २४३ वटा चट्याङको घटना रेकर्ड भएको छ । चट्याङमा परेर २८ जनाको ज्यान गएको छ । एक सय ६९ जना घाइते हुँदा चट्याङका कारण दुर्इ सय ८३ घरपरिवार प्रभावित भएका छन् ।
सो अवधिमा सर्पदंशका ६६ घटना हुँदा आठ जनाको ज्यान गएको छ भने कुल ६४ जना घाइते हुँदा ७३ परिवार प्रभावित भएका छन् । जनावर आक्रमणका मात्रै एक सय ३४ घटना हुँदा १२ जनाको ज्यान गएको छ । कूल ६२ जना घाइते हुँदा दुई सय छ परिवार प्रभावित भएका छन् । लेक लागेर १२ जना, हावाहुरीका कारण १२ जनाको ज्यान गएको छ ।
यस्तै, पहिरोका मात्रै २४१ घटना हुँदा १२ जनाको निधन भएको छ । हावाहुरीका कारण २७६ घटना हुँदा आठ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । मंगलबार मात्रै बाढीका आठ, पहिरोका १६, आगलागीका पाँच, जनावर आक्रमणका तीन घटना भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ साउन २०८२, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी