काठमाडौँ । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले दुई दिन धेरै समय लगाएर भए पनि आगामी दिनमा प्रश्न नउठ्ने गरी कानुन बनाउनुपर्नेमा जोड दिएका छन्।
भूमि विधेयकबारे कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमबारको बैठकमा धारणा राख्दै काँग्रेस महामन्त्रीसमेत रहेका शर्माले भने, ‘बरु दुई दिन समय लगाएर भए पनि आगामी दिनमा गम्भीर प्रश्न उठ्न नसक्ने गरी कानुन बनाउनु पर्छ।’
उनले सरकारको नियतमा शंका नरहे पनि भविष्यमा दुरुपयोग नहोला भन्न नसकिने बताए। ‘आगामी दिनमा वन क्षेत्रको आकार झनै घटेर जान्छ। भएको वन क्षेत्रलाई जोगाउन कुरामा कतै कमी कमजोरी हुन दिनु हुँदैन। अति वृष्टिको पीडा हामीले भोगिरहेका छौँ। यसलाई फिर्ता लिनुपर्छ भनेर पनि राजनीतिक दलहरूको कुरा आएको छ। यसमा साझा मत बनाउने प्रयास गरौँ,’ उनले भने।
दल र प्रदेशसँगको संवादमा सरकारले गम्भीरता राख्नुपर्ने उनले बताए। ‘एउटा कुराका लागि लिएको जमिन अर्को कामका लागि प्रयोग गर्न पाउने व्यवस्था हटाउनु पर्छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ साउन २०८२, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा
फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशनको माग बेवास्ता गरिए राजीनामा दिन्छु : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव
‘फरक मत आउनु स्वाभाविक, कसैले धूप हाल्दैमा काँग्रेस फुट्दैन’ : विश्वप्रकाश शर्मा