काठमाडौँ । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले दुई दिन धेरै समय लगाएर भए पनि आगामी दिनमा प्रश्न नउठ्ने गरी कानुन बनाउनुपर्नेमा जोड दिएका छन्।
भूमि विधेयकबारे कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमबारको बैठकमा धारणा राख्दै काँग्रेस महामन्त्रीसमेत रहेका शर्माले भने, ‘बरु दुई दिन समय लगाएर भए पनि आगामी दिनमा गम्भीर प्रश्न उठ्न नसक्ने गरी कानुन बनाउनु पर्छ।’
उनले सरकारको नियतमा शंका नरहे पनि भविष्यमा दुरुपयोग नहोला भन्न नसकिने बताए। ‘आगामी दिनमा वन क्षेत्रको आकार झनै घटेर जान्छ। भएको वन क्षेत्रलाई जोगाउन कुरामा कतै कमी कमजोरी हुन दिनु हुँदैन। अति वृष्टिको पीडा हामीले भोगिरहेका छौँ। यसलाई फिर्ता लिनुपर्छ भनेर पनि राजनीतिक दलहरूको कुरा आएको छ। यसमा साझा मत बनाउने प्रयास गरौँ,’ उनले भने।
दल र प्रदेशसँगको संवादमा सरकारले गम्भीरता राख्नुपर्ने उनले बताए। ‘एउटा कुराका लागि लिएको जमिन अर्को कामका लागि प्रयोग गर्न पाउने व्यवस्था हटाउनु पर्छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ साउन २०८२, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा