एजेन्सी । कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा भएको आक्रमणमा कम्तिमा ३८ जनाको मृत्यु भएको छ ।
आइतबार भएको विद्रोही आक्रमणमा परी ३८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
स्थानीयवासीका अनुसार नगरको एक चर्चमा प्रार्थना गरिरहेका मानिसहरूलाई लक्षित गर्दै सशस्त्र समूहले आक्रमण गरेको हो ।
सोमबार बिहानसम्म घटनामा ३८ जनाको शव फेला परेको छ । अरुको मृत्यु भएको हुनसक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् । केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।
धेरैजसो मृतक युवा धार्मिक सेवामा आबद्ध व्यक्तिहरू हुन् । मन्दिरका प्रमुख पूजारीका अनुसार, कम्तीमा ६ जना गम्भीर घाइते छन् र केहीको अवस्था चिन्ताजनक छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ साउन २०८२, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति
तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’