काठमाडौँ । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले आफूले कर्मचारीसँग घुस नमागेको दाबी गरेका छन् ।
सचिवालयका कर्मचारी मार्फत क्युआर कोड पठार घुस मागेको विषय सार्वजनिक भएपछि आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले घुस मागेको कुनै प्रमाण भए ल्याउन चुनौती पनि दिए । आरोपमाथि जवाफ दिने क्रममा गायक नवीन के भट्टराईलाई सम्झिए । उनले प्रदेशसभा बैठकमा नवीन के भट्टराईले गाएको ‘खादै नखाएको बिसले जिउँदै मार्यो’ बोलको गीत गाएका थिए ।
‘के क्युआर कोड मेरो मोबाइल पठाएको थियो, उनले भने, बजारमा देखिएको क्युआर कोड कसको हो, के प्रयोजनका लागि दिएको यो विषयमा मेरो कुनै पनि संलग्नता छैन।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ साउन २०८२, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिलाको जीवनस्तरमा परिवर्तन नभई समृद्ध राष्ट्र बन्दैन : मन्त्री बादी
पूर्वराजादेखि बहालवाला मन्त्रीसम्मलाई जोगाएर ‘सम्पत्ति छानबिन’ !
नवनियुक्त दुई मन्त्रीले लिए सपथ
चार नयाँ मन्त्रीले लिए शपथ, अनिल सिन्हालाई थपियो पर्यटन
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू