काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकमा आर्थिक तथा सामाजिक सुधारका लागि दलहरू गम्भीर हुनुपर्ने बताएका छन् ।
ग्लोबल स्टारद्वारा आज आयोजित कलाकार सम्मान कार्यक्रममा उनले देशमा रहेका कृषि, खनिज, जलस्रोतलगायत स्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न दलहरूसँग योजना हुनुपर्ने बताए । पूर्व प्रधानमन्त्री खनालले नेपाललाई धनी र समृद्ध बनाउन उद्यमशीलताको विकास र युवा सशक्तीकरणको खाँचो औँल्याए।
उनले नेपाली कला विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको बताउँदै बताउँदै विविधतायुक्त मुलुकमा सबै जाति तथा समुदायका भाषा, साहित्य कला र संस्कृतिको संरक्षण गर्नुपर्ने उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ साउन २०८२, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'एमालेले निकाले पनि भीम रावल देशभक्त नेता हो’ : झलनाथ खनाल
लिपुलेकमात्र होइन, सुगौली सन्धिअघिका सबै भू-भाग नेपालकै हुन्: झलनाथ खनाल
झलनाथ र खड्गबहादुर विश्वकर्माबिच छलफल
माधव नेपाललाई भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, तर गलत बुझियो : झलनाथ खनाल
'हरेकदिन २५ सय मानिस विदेशिन्छन्, यही हो बहुदलीय जनवाद ?' : झलनाथ खनाल
दुई वटा हात्तीको सरकारका कारण देश सङ्कटमा फस्यो: झलनाथ खनाल