काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि विगत दुई वर्षदेखि ज्यादती गर्दै आएको भन्दै त्यस्तो कार्य रोक्न मागसहित कवाड व्यवसायी समाज नेपालले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ।
शनिबार बुझाइएको ज्ञापन पत्रमा काठमाडौँ महानगरले आफ्नो मातहतका प्रहरी परिचालन गरी कवाड व्यवसायी र सङ्कलक मजदुरहरूमाथि कुटपिट, अपहरण तथा सम्पत्ति जफतजस्ता कार्य गर्दै आएको गम्भीर आरोप लगाइएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘महानगर प्रहरीले कुटपिट गर्दा केही व्यवसायी र संकलकको टाउको फुटेको र अङ्गभङ्ग समेत भएको छ।’ यो सबै कार्य काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा भइरहेको उनीहरूको आरोप छ । जसअन्तर्गत गरिब, मजदुर र श्रमिक वर्गलाई सहरबाट हटाउने प्रयास भइरहेको उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० साउन २०८२, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक
सिपाही, हवलदारलाई तल्लो दर्जा भन्ने होइन : गृहमन्त्री
कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन
कैलाली कारागार घटनाबारे छलफल गर्न गृहमन्त्रीलाई संसदीय समितिले बोलायो
गृहमन्त्रीले बोलाए विधेयक समितिको बैठक
गृहमन्त्रीद्धारा हज समितिको अध्यक्ष नियुक्त