काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि विगत दुई वर्षदेखि ज्यादती गर्दै आएको भन्दै त्यस्तो कार्य रोक्न मागसहित कवाड व्यवसायी समाज नेपालले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ।
शनिबार बुझाइएको ज्ञापन पत्रमा काठमाडौँ महानगरले आफ्नो मातहतका प्रहरी परिचालन गरी कवाड व्यवसायी र सङ्कलक मजदुरहरूमाथि कुटपिट, अपहरण तथा सम्पत्ति जफतजस्ता कार्य गर्दै आएको गम्भीर आरोप लगाइएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘महानगर प्रहरीले कुटपिट गर्दा केही व्यवसायी र संकलकको टाउको फुटेको र अङ्गभङ्ग समेत भएको छ।’ यो सबै कार्य काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा भइरहेको उनीहरूको आरोप छ । जसअन्तर्गत गरिब, मजदुर र श्रमिक वर्गलाई सहरबाट हटाउने प्रयास भइरहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ साउन २०८२, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
यो चुनावले मानवता, मुलुक र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको छ: गृहमन्त्री अर्याल
गृहमन्त्री अर्यालद्वारा ललितपुरमा मतदान
राष्ट्रिय सुरक्षालाई साझा जिम्मेवारीका रूपमा बुझौँ: गृहमन्त्री अर्याल
निर्वाचन फागुन २१ मै हुन्छ, कुनै शंका नगर्नू: गृहमन्त्री अर्याल
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री