काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का केन्द्रीय सदस्यहरूले २४ घण्टाभित्र केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्ष रञ्जिता श्रेष्ठलाई अल्टिमेटम दिएका छन्।
शुक्रबार मध्यबानेश्वरमा बसेको नाउपा केन्द्रीय समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई २४ घण्टाभित्र बैठक बोलाउन माग गरेको हो। २४ घण्टाभित्र बैठक नबोलाइए साउन ११ गते दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने र आवश्यक निर्णय गर्ने बैठकले चेतावनी पन दिएको छ।
‘पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरी पार्टीलाई गतिशील बनाउनका निमित्त अगाडि बढौँ र त्यसको लागि पाटीको केन्द्रीय कमिटिको बैठक बोलाइ पाउँ भनी दलको अध्यक्ष श्री रन्जिता श्रेष्ठलाई पटक-पटक मौखिक अनुरोध गरिएकोमा उहाँले हालसम्म पनि त्यसतर्फ कुनै पहलकदमी नगर्नु भएकाले पार्टीमा गम्भीर असर परेको छ। तसर्थ यसै साथ संलग्न भई पेश भए बमोजिमको केन्द्रीय कमिटीको बैठक बोलाइ पाउँ भन्ने पत्र अध्यक्ष रञ्जिता श्रेष्ठलाई कुनै विद्युतीय माध्यममार्फत पठाई जानकारी गराउने। उक्त केन्द्रीय समितिको बैठक बोलाइपाउँ भनी अध्यक्षलाई सम्बोधन गरिएको पत्र विद्युतीय सञ्चार माध्यममार्फत पार्टी समर्थक, शुभेच्छुक, सदस्य र सर्वसाधारण समेतमा पुग्ने गरी जानकारी गराउने। उक्त पत्र बमोजिम पार्टी अध्यक्षले आज मिति २०८२/०४/०९ गतेको मितिले २४ (चौबिस) घण्टाभित्र समय, स्थान तोकी केन्द्रीय कमिटीको बैठक बोलाउनुभएमा सो बैठकमा उपस्थित भई केन्द्रीय समितिको बैठक बसी निर्णय गर्ने र यदि उहाँले केन्द्रीय समितिको बैठक तोकिए बमोजिम नबोलाउनु भएमा मिति २०८२/४/११ गतेका दिन, दिनको २:०० बजे काठमाडौं नयाँ बानेश्वरमा केन्द्रीय कमिटीको बैठक बसी थप निर्णय गर्ने, निर्णयमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ साउन २०८२, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नाउपामा पदाधिकारी नराख्ने रञ्जिता पक्षको बैठकको निर्णय
सत्तापक्षमा बस्न नाउपाले दियो संसद् सचिवालयमा निवेदन
नाउपाको अध्यक्ष रञ्जिता नै रहेको निर्वाचन आयोगको निर्णय
नाउपाको नेतृत्वमा भोलि कैलालीमा मोर्चाको सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने
झन्डै एक महिनासम्म पनि नाउपाका मन्त्रीको राजीनामा स्वीकृत भएन
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष