काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले मन्त्री पदबाट राजीनामा दिएको एक महिना पुग्न लाग्दा पनि राजीनामा स्वीकृत हुन सकेको छैन ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका नेता गंगाराम चौधरीले २२ असारमा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।
त्यसैदिन नाउपाका तर्फबाट मन्त्रिपरिषदमा रहेका राज्यमन्त्री चौधरीले आफ्नो पदबाट राजीनामा दिएका थिए । तर, झन्डै एक महिना हुन लाग्दा समेत उनको राजीनामा स्वीकृत हुन सकेको छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा पनि चौधरी राज्यमन्त्रीको हैसियतमा रहेको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ साउन २०८२, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नाउपामा पदाधिकारी नराख्ने रञ्जिता पक्षको बैठकको निर्णय
सत्तापक्षमा बस्न नाउपाले दियो संसद् सचिवालयमा निवेदन
नाउपाको अध्यक्ष रञ्जिता नै रहेको निर्वाचन आयोगको निर्णय
नाउपाको नेतृत्वमा भोलि कैलालीमा मोर्चाको सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
नाउपा संसदीय दलको नेतालाई रञ्जिताले सोधिन् स्पष्टीकरण