काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको छ ।
हिजो सम्पन्न आयोगको बैठकले पार्टीका तर्फबाट पदाधिकारी हेरफेर भएको भनी केही विवरण आएपनि त्यो प्रक्रियासम्मत नरहेको निष्कर्षसहित पुरानै अभिलेखलाई निरन्तता दिने निर्णय गरेको हो ।
निर्वाचन आयोग स्रोतले भन्यो, ‘नागरिक उन्मुक्ति पार्टी अध्यक्षको हेरफेर भएको भनी अभिलेख अद्यावधिक गरिदिन पत्र आएको रहेछ । तर, त्यो प्रक्रियासम्मत नभएकाले पुरानै अवस्थाले निरन्तरता दिने अवस्था रह्यो ।’
नाउपा अध्यक्ष श्रेष्ठ पटक–पटक विवादमा परेपछि राष्ट्रिय भेला गरेर उनको स्थानमा लालवीर चौधरीलाई अध्यक्ष तोकिएको थियो । साउन १४ र १५ गते काठमाडौंमा राष्ट्रिय भेला गरेर अध्यक्षबाट रञ्जितालाई बर्खास्त गर्ने निर्णय भएको थियो ।
भेलाको निर्णय अनुसार नाउपाले अध्यक्ष परिवर्तन गरेको जानकारीसहित अद्यावधिकका लागि निर्वाचन आयोगलाई पत्र पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०८२, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नाउपाको नेतृत्वमा भोलि कैलालीमा मोर्चाको सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने
झन्डै एक महिनासम्म पनि नाउपाका मन्त्रीको राजीनामा स्वीकृत भएन
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
नाउपा संसदीय दलको नेतालाई रञ्जिताले सोधिन् स्पष्टीकरण
निर्वाचन आयोगमा पुग्यो रञ्जितालाई नाउपा अध्यक्षबाट हटाएको जानकारी
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई २४ घण्टाभित्र बैठक बोलाउन अल्टिमेटम