काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाको वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान आइतबार कैलालीमा हुँदै छ ।
तराई मधेश केन्द्रित ७ दलीय मोर्चाले देशका विभिन्न ८ स्थानमा गर्ने भनी निर्धारण गरेको जनजागरण अभियान आइतबार कैलालीमा गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले भने मोर्चाको बैठक र कार्यक्रममा जान छाडिसकेको छ । मोर्चाको जनजागरण अभियानले समसामयिक राजनीतिक अवस्था, मोर्चा गठनको आवश्यकता र औचित्यबारे प्रकाश पार्ने उद्देश्य लिएको उनले बताए। कार्यक्रममा मोर्चामा रहेका दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
कैलालीको कार्यक्रमको समन्वयको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीले लिएको छ । मोर्चाको आगामी कार्यक्रम भदौ १६ गते विराटनगरमा जसपा नेपालको समन्वयमा हुने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ साउन २०८२, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झन्डै एक महिनासम्म पनि नाउपाका मन्त्रीको राजीनामा स्वीकृत भएन
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
नाउपा संसदीय दलको नेतालाई रञ्जिताले सोधिन् स्पष्टीकरण
निर्वाचन आयोगमा पुग्यो रञ्जितालाई नाउपा अध्यक्षबाट हटाएको जानकारी
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई २४ घण्टाभित्र बैठक बोलाउन अल्टिमेटम
नाउपाले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो