काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रीय कमिटीमा पदाधिकारीको व्यवस्था नराख्ने भएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको आइतबार र सोमबार बसेको बैठकले पदाधिकारी नराख्ने निर्णय गरेको हो।
संरक्षक रेशम चौधरी अनुपस्थित रहेको बैठकले निर्वाचन आयोगमा केन्द्रीय कमिटी अद्यावधिक गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्य दामोदर पण्डितले नाम अद्यावधिक गर्ने क्रम जनप्रतिनिधिहरूबाट सुरु हुने बताए।
उनले भने,‘सबभन्दा पहिले स्थानीय तहका जनप्रतिनिधिको नाम निर्वाचन आयोगमा अद्यावधिक गर्छौँ । त्यसपछि संघ र प्रदेशका सांसद गराएपछि केन्द्रीय सदस्यहरूलाई सम्पर्कमा आउन आह्वान गर्छौ।’
निर्वाचन आयोगले महाधिवेशनबाट बनेको कमिटीलाई मान्यता नदिँदा अद्यावधिक हुन सकेको छैन । रेशम पक्षले अध्यक्षबाट रञ्जितालाई हटाउने निर्णयलाई मान्यता दिएको छैन । पण्डितका अनुसार अद्यावधिकको कार्य क्रमशः गरिने छ।
पार्टी बैठक आव्हान गरेर नाम अद्यावधिक गराउन अध्यक्ष रञ्जिताले चासो नदिएको भन्दै रेशम पक्ष उनीसँग रुष्ट भएको थियो । निर्वाचन आयोगले अध्यक्षको मान्यता रञ्जितालाई दिएपछि उनले बैठक डाकेर विधान संशोधन गर्ने र अद्यावधिक गर्ने निर्णय गराएकी हुन्। विधान संशोधन पार्टीको केन्द्रीय समितिको दुई तिहाइ मतले मात्रै सम्भव हुन्छ।
विधान संशोधनका लागि दुई तिहाइ संख्या पुग्ने पण्डितले दाबी गरे । रञ्जिताले बोलाएको बैठकमा १३ जना उपस्थित भएको र उपस्थित नभएकाले पनि निर्णयमा समर्थन गर्ने जानकारी दिएको पण्डितले बताए ।
नाउपाको विधान अनुसार २०१ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ । संस्थापक २१ जना केन्द्रीय सदस्य मध्ये हाल क्रियाशील १६ जना रहेका छन् । दुई दिन बसेको बैठकले एक पटकमा २०१ जना केन्द्रीय सदस्य नबनाई क्रमशः थप्दै जाने निर्णय लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ भदौ २०८२, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्तापक्षमा बस्न नाउपाले दियो संसद् सचिवालयमा निवेदन
नाउपाको अध्यक्ष रञ्जिता नै रहेको निर्वाचन आयोगको निर्णय
नाउपाको नेतृत्वमा भोलि कैलालीमा मोर्चाको सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने
झन्डै एक महिनासम्म पनि नाउपाका मन्त्रीको राजीनामा स्वीकृत भएन
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
नाउपा संसदीय दलको नेतालाई रञ्जिताले सोधिन् स्पष्टीकरण