यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, ०९ साउन २०८२, ०८ : १४
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रूपियाँ ९६ पैसा र बिक्री दर १३८ रूपियाँ ५६ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६२ रूपियाँ ०८ पैसा र बिक्रीदर १६२ रूपियाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपियाँ ८१ पैसा र बिक्रीदर १८७ रूपियाँ ६२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रूपियाँ ६२ पैसा र बिक्रीदर १७४ रूपियाँ ३८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपियाँ २१ पैसा र बिक्रीदर ९१ रूपियाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रूपियाँ ३३ पैसा र बिक्रीदर १०१ रूपियाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपियाँ र बिक्रीदर १०८ रूपियाँ ४७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रूपियाँ ४१ पैसा र बिक्रीदर नौ रूपियाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ २८ पैसा र बिक्रीदर १९ रूपियाँ ३६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ७७ पैसा र बिक्रीदर ३६ रूपियाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ८५ पैसा र बिक्रीदर ३८ रूपियाँ ०१ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस