काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतासँग भेट गरेका छन् ।
शनिबार मध्यरातमा चितवन पुगेका गुरुङले रास्वपा चितवन सभापति कृष्ण भुसाल र भरतपुर नगर सभापति सीता ज्ञावालीसँग भेट गरेका हुन् ।
यसअघि उनले गएराति भरतपुगमा रहेको प्रहरीको शिक्षालयमा पुगेर निरीक्षण गरेका छन् ।
उक्त अवसरमा उनले बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मी, नेपाल प्रहरी शिक्षालयकी समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तारादेवी थापा तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरी लगायतका उच्च अधिकारीलाई सुरक्षाका विषयमा विशेष निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ चैत्र २०८२, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग