काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको औचित्य समाप्त भइसकेको टिप्पणी गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा संविधान संशोधनको बाचा गरेर सरकारले मान्छे र सरकारी जग्गा बेचबिखनमा लागेको आरोप लगाइन्।
उनले भनिन्, ‘बाचा सुशासनको अनि जनताको लागि लड्नेहरूलाई कारागार अनि भ्रष्टाचारमा मुछिएकाहरूलाई स्याबासी। हामी भिजिट भिसा प्रकरणलाई लिएर आन्दोलनमा छौँ। जसमाथि छानबिन हुनुपर्ने हो उसैको संयोजकत्वमा बनेको समिति बादलको पुच्छर लौरो न हतियारजस्तो भएकाले हामीले पहिलो दिनदेखि नै बहिस्कार गरिरहेका छौँ।’
दुई प्रतिपक्ष दलले निरन्तर विरोध गरे पनि निर्बाध चलाइरहेको भन्दै जनताले एक-एक हिसाब राखिरहेको दाबी गरिन्। उनले सदन जनताको आवाज हो कि सरकारको कठपुतली रु भन्दै प्रश्न गरिन्। उनले आफूहरूको माग अनुसार छानबिन समिति नबनेसम्म आन्दोलन नछाड्ने सुनाइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ साउन २०८२, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने
संविधान संशोधनमा रास्वपाको उल्टो कदम : बहसअघि कार्यदल, दलहरू अन्योलमा
निजामतीभित्रका कुनै पनि समूह र अभियानसँग हाम्रो सम्बन्ध छैन : रास्वपा
बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक