काठमाडौ । नेकपा एमालेमा पुनः सक्रिय राजनीति गर्ने चाहना तुहिने भएपछि पूर्वराष्ट्रपति भण्डारी अदालत जाने भएकी छिन्।
अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकबाट राजनीति गर्न नदिने निर्णय गरेपछि भण्डारीले त्यसको हदैसम्म सामना गर्ने भएकी हुन्।
"अब खुट्टा कमाउँदिन, अदालत जाने बाटो पनि खुल्लै छ", भण्डारीनिकट एक नेताले उनको धारणा उद्धृत गर्दै नेपालखबरसँग भने, "जे भयो, राम्रो भएन।"
एमालेकै एक पदाधिकारी नेताले केन्द्रीय कमिटीमा अध्यक्ष ओलीको प्रस्ताव र निर्णयको दूरगामी प्रभाव पर्ने बताए।
'यसको तरंग कसरी आउँछ, भोलिले बताउँछ, विद्याजीले के गर्नुहुन्छ, त्यसमा भर पर्छ', उनले भने, 'उहाँले पनि छोड्नुहुन्न, स्टेप चाल्नु होला। राम्रो संकेत छैन।'

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ साउन २०८२, ०६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप