चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले जेन्जी आन्दोलनमा आफ्नो घर र महानगरपालिका माथि भएको तोडफोड र आगजनी प्रति दुखेसो व्यक्त गरेकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबकमार्फत् भनेकी छन्, "भरतपुरलाई देशकै उत्कृष्ट पालिका बनाउन जीवन समर्पण गरें। तर आज आफ्नै घर जलाइयो, मलाई घरबारविहीन बनाइयो। के भरतपुरलाई सुन्दर बनाउन दिनरात परिश्रम गर्नु मेरो गल्ती थियो र" ?
उनले भनिन् , 'भरतपुरलाई सुन्दर बनाउन, देशलाई समृद्ध बनाउन निरन्तर लागिरहेँ। आफ्नै पसिना, समय र जीवनको ऊर्जा यस शहरमा खर्च गरेँ। तर आज मलाई घरबारविहीन पारिएको छ, आफ्नै योगदानलाई जलाइयो।
आखिर, यो देश र भरतपुरका लागि गरेको मेरो त्याग नै गल्ती थियो त' ?
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ भदौ २०८२, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरले फेरेको मुहार र रेनुको योगदान !