काठमाडौँ। अवैध लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई उदयपुर सुर्खेत र मोरङबाट पक्राउ गरेको हो ।
उदयपुरको वेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागू औषध गाँजा करिब १० किलो २ सय ३० ग्राम सहित वेलका नगरपालिका-९ बस्ने ३२ वर्षीय बल बहादुर विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को.२ ह ४२४६ नम्बरको अटोलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक बल बहादुरलाई पक्राउ गरेको हो ।
यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ झुप्रा खोला बस्ने २४ वर्षीय मन बहादुर बादीलाई अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम र नगद १२ हजार १ सय १० रुपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बा कुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-४ बस्ने २९ वर्षीय रोमन राई र केराबारी गाउँपालिका-१० बस्ने १९ वर्षीय पूर्ण तामाङ रहेका छन् । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उनीहरूलाई हाल नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०८२, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ
कैलालीमा लागू औषधसहित पाँच जना पक्राउ
भारतीय लागूऔषध कारोबारीमाथि गोली प्रहार, खैरो हेरोइन बरामद