काठमाडौं । देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती पनि माओवादी-समाजवादी एकतामा जोडिएका छन् ।
आज सोमबार माओवादी केन्द्रका संयोजक प्रचण्ड र किरातीबीच एकता पत्रमा हस्ताक्षर भएको छ ।
हाल नेपाली राजनीतिमा अभूतपूर्व जोखिम उत्पन्न भइरहेकोले परिस्थितिलाई सही दिशातर्फ व्यवस्थित पार्न एकताबद्ध हुनुपरेको पत्रमा उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘जनयुद्वका बेला भन्ने गरिएको हरेक प्रतिकुलतालाई अनुकुलतामा बदल्ने नीति अन्तर्गत देशका क्रान्तिकारीहरुवीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य हुन आउँछ।’
१० वर्षे सशस्त्र युद्धको पहलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, नेपाली समाजको प्रकृति अनुरुप विकास र अग्रगामी कार्यान्वयनमा दृढ प्रतिबद्वता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०८२, ११ : २५
लेखकबाट थप