काठमाडौँ । ९० को दशकमा ‘मेरी ओकिली...’, ‘झ्यालबाट हेर...’ जस्ता गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रियता कमाएका गायक अनिस ‘ओकिली’ सापकोटाले नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन् ।
अमेरिकामा बसेर पनि नेपाली संगीतलाई निरन्तरता दिँदै आएका उनले यो गीतमा शब्द, संगीत र स्वर आफैँले दिएका छन् । 'मैले अमेरिकामा पनि नेपाली दाजुभाइ/दिदीबहिनीका लागि गीत गाइरहेँ, कहिल्यै छोडिनँ र निरन्तरता दिइरहेको छु । यसपटक गीत तयार गर्नुका साथै भिडियोमा आफैं प्रस्तुत हुनु मेरो लागि फरक अनुभव रह्यो’, उनले भने ।
उनले लगभग तीन महिनामा यो गीतलाई तयार गरेका हुन् । पप/सफ्टरक विधामा पर्ने गीतमा उनले मायाको वर्णन गरेका छन् । यसपटक म्युजिक भिडियोमा समेत उनी आफैं प्रस्तुत भएका छन् । गीतमा ओकिलीसँगै एरिशा श्रेष्ठले मोडलिङ गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ साउन २०८२, १६ : १२
लेखकबाट थप