काठमाडौँ । त्रिविको कारण पठनपाठन ठप्प भएको भन्दै इन्जिनियरिङका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
इन्जिनियरिङका विद्यार्थीहरूले आज त्रिवि परिसरमा कालोपट्टि बाँधेर त्रिविविरुद्ध प्रदर्शन गरेका हुन् । इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको माग गर्दै इन्जिनियरिङ क्याम्पसका प्राध्यापकहरूले सम्पूर्ण शैक्षिक गतिविधिहरू ठप्प पारेपछि विद्यार्थीहरू आन्दोलन गर्न त्रिवि पुगेका हुन् ।
प्राध्यापकहरूले इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेका विकेन्द्रीकरण र स्वायत्तताको निरन्तर सुनिश्चित गर्नुपर्ने र संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनैपनि प्रकारको हस्तक्षेप तुरुन्त खोज गर्नुपर्ने माग राख्दै २० दिनदेखि पठन पाठन ठप्प पारेका छन् ।
इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत विभिन्न पदमा कार्यरत पदाधिकारीले सामूहिक स्वेच्छिक राजीनामामा समेत दिएका छन् । जसको असर विद्यार्थीको पठनपाठनमा परेको छ । प्राध्यापकहरूको माग सुनुवाइ गरेर छिटो पढाइ सुचारु गर्न उनीहरूको माग छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ साउन २०८२, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)
उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तर पुस्तिका जले
त्रिविद्वारा उपप्राध्यापक पदमा दरखास्त आह्वान
सल्टिएन त्रिविको समस्या : पदाधिकारी अझै कार्यकक्षबाहिरै
त्रिविद्वारा सरकारसँग सुरक्षा माग