काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री कविन्द्र बुर्लाकोटी पार्टीको विवरण अद्यावधिक नभएको विषयमा छलफल गर्न निर्वाचन आयोग पुगेका छन् । उनी केही कानून व्यवसायीहरूसमेत लिएर आयोग गएका हुन् ।
रास्वपाले एक वर्षअघि नै पार्टीको विवरण अद्यावधिक गर्न निवेदन दिए पनि आयोगले अहिलेसम्म कार्यान्वयन गरेको छैन । यही विषयमा कुराकानी गर्न आएको बुर्लाकोटीले बताए ।
‘हामीले सबै कागजात पेश गरिसकेका छौँ । अदालतले पनि कुनै स्टे अडर दिएको छैन । तर, पनि आयोगले विवरण अद्यावधिक नगरेपछि छलफलका लागि आएका हौँ,’ उनले भने ।
राप्रपाका निष्कासित महामन्त्री डा. मुकुल ढकालले आफूमाथि गरिएको कारबाहीविरुद्ध अदालतमा हालेको मुद्दा विचाराधीन छ । तर, मुद्दा पर्नासाथ अद्यावधिक गर्ने प्रक्रिया नै रोक्नुपर्ने कुनै कारण नरहेको बुर्लाकोटी बताउँछन् ।
‘मुद्दामा अदालतले अन्तरिम आदेश नदिएकाले विवरण अद्यावधिक गर्न आयोगलाई कुनै पनि वाधा छैन,’ बुर्लाकोटीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ साउन २०८२, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)
रास्वपाको समानुपातिक सांसद बन्ने होड : आवेदन दिएका सातै प्रदेशका उम्मेदवारको सूची प्रकाशित
रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ सम्म थप्यो