काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन् ।
शनिबार भएको प्रदेश अधिवेशनको निर्वाचनमा अर्यालले वर्तमान सभापति डा. अच्युतम लामिछानेलाई न्यून मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अर्यालले ४१६ मत प्राप्त गरी विजयी हासिल गरे । उनका निकटतम प्रतिद्वन्द्वी डा. लामिछानेले ४१४ मत प्राप्त गरे ।
प्रदेश नेतृत्वका लागि सुरुमा ५ जनाको उम्मेदवारी परेको थियो । तर, सांसद बदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि ४ जना चुनावी मैदानमा उत्रिएका थिए ।
सभापतिका लागि सांसद एवम् निवर्तमान सभापति डा. अच्युतम लामिछाने (नुवाकोट), निवर्तमान प्रवक्ता उत्सव अर्याल (मकवानपुर), कृष्णमान श्रेष्ठ (धादिङ) र हरि बहादुर खत्री (रामेछाप) बिच प्रतिस्पर्धा भएको थियो । जसमा अर्यालले बाजी मारेका हुन् ।
केन्द्रीय संगठन विभाग उपप्रमुख श्रेष्ठका अनुसार सभापति पदको टुङ्गो लागे पनि अन्य पदाधिकारीहरूको चयनका लागि भने अहिले दोस्रो चरणको निर्वाचन प्रक्रिया चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ जेठ २०८३, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपाको रोकिएको बागमती प्रदेश अधिवेशन भोलि
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित
रास्वपा दैलेख अधिवेशनपछि विवाद