काठमाडौं । गायक आनन्द कार्कीले आफ्नो नयाँ गीत ‘मुसुक्क हाँसी लजाउने’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा उनलाई शब्द तथा संगीत रचनामा म्यानमारका अनिलले साथ दिएका छन् । गीतको सुमधुर संगीतलाई भकुब तामाङले संगीत संयोजन गरेका हुन् भने होराइजन स्टुडियोमा मिक्स, मास्टरिङ गरिएको छ ।
गीतको म्युजिक भिडियोलाई वीरेन तितुङले निर्देशन गरेका हुन् । भिडियोको अवधारणा समेत निर्देशक तितुङकै रहेको छ । भिडियोमा गायक आनन्द कार्कीका साथै एसराज गराच, छुल्ठिम गुरुङ र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । गीतको सिनेमेटोग्राफर दिनेश पराजुलीले गरेका छन् भने नाम्गेल लामाको कोरियोग्राफी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ साउन २०८२, ११ : ०७
लेखकबाट थप