मनिषालाई ब्राडफोर्ड विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधि प्रदान

सफल खबर संवाददाता

बुधबार, ३२ असार २०८२, १२ : ४१
मनिषालाई ब्राडफोर्ड विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधि प्रदान

काठमाडौँ  । अभिनेत्री मनिषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि (डक्टरेट) उपाधि प्रदान गरेको छ । मनिषाले सामाजिक संजालबाट यसबारे जानकारी दिएकी छन् ।

उक्त सम्मान ग्रहण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै मनिषाले लेखेकी छिन्, ‘म यहाँ परम्परागत शैक्षिक बाटो भएर होइन, जीवनमा कडा परिश्रम, असफलता, धैर्यता र सेवाबाट सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु । यो सम्मान मेरो लागि शब्दमा व्यक्त गर्न सकिनेभन्दा बढी अर्थपूर्ण छ । मेरो जीवनको कथालाई महत्वपूर्ण बुझिदिनु भएकोमा यूनिभर्सिटि अफ ब्राडफोर्डलाई धन्यवाद ।’

 

 

प्रतिक्रिया दिनुहोस