काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस-एमालेको गठबन्धन सरकार दलाल र बिचौलियाको स्वार्थमा चलेको आरोप लगाएका छन् । अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको उनको टिप्पणी थियो ।
सदनलाई सम्बोधन दाहालले भने, ‘तपाईँहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहीत स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ ।’दुई ठूला दल मिल्दा जस्तो गरेपनि हुन्छ भनेपनि निरंकूशतावादी सोच र अहंकारले सार्वभौम सांसदलाई समेत बिचौलियाको चलखेलको मैदान बनाइएको उनको जिकिर छ ।
‘सरकारले १ वर्ष गरेका काम हेर्दा संख्याको दम्भमा कुशासनका पहाड ठडिए । प्रधानमन्त्रीको बेडरुममा बिचौलिया र दलालको पहुँच पुष्टि भइसकेको छ । सरकारमा रहेका पार्टीका नेताले गठबन्धनको औचित्य पुष्टि गर्न भनिसकेका छन्’, उनले थपे ।
प्रचण्डले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण, तथा सरुवा-नियुक्तिमा हुने लाखौंका डिल भइरहेको भन्दै नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम भइरहेको आरोप लगाए ।
आफूले एक वर्षअघि विश्वासको मत लिँदै गर्दा अलोकतान्त्रिक गठबन्धनले लोकतन्त्रमा संकट सरकारकै रबैयाबाट आउँछ भनेको उनले सम्झिए । ‘प्रचण्डसँगको रिस लोकतन्त्रसँग नलिनु होला भन्ने खबरदारी गरेको थिएँ । सामान्यतया लोकतन्त्रमा ठूला दल मिलेर सरकार बनाइँदैन । कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा पर्यो । अघिल्ला सरकारको कामबाट थालेको सिर्जित परिणामबाहेक यो एक वर्षमा केही देखिएन । अर्थतन्त्रका सीमित सूचक देखाएर अर्थतन्त्रमा ठूलै सुधार आएको दाबी गरियो’, दाहालले भने ।
स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा चलखेल भइरहेको भन्दै प्रचण्डले भने, ‘सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको छ, जुन लोकतन्त्रका लागि खतरनाक संकेत हो । प्रधानमन्त्री आफैँ अध्यक्ष रहेको सुशासन आयोगको हविगत के रहेछ भन्ने प्रष्ट भएन र ! ’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०८२, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म प्रधानमन्त्री बन्ने विषयमा केन्द्रित छैन : प्रचण्ड
रुकुम पूर्वलाई समाजवादी अभ्यासको आधार बनाउँछु: प्रचण्ड
राणाकालदेखि जेनजी आन्दोलनसम्मका सहिदलाई प्रचण्डको श्रद्धाञ्जली, भने– सपना अधुरै छ
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
हरिबोलसहित नेतृत्वको तत्काल आकस्मिक बैठक बोलाउन प्रचण्डसँग माग