काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । शीतल निवासले एक विज्ञप्तिमार्फत संविधानको धारण ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण भएको जानकारी गराएको छ ।
प्रमाणीकरण भएका विधेयकहरूमा ‘आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गरेको विधेयक’, ‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक’ रहेका छन् ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई पेस भएका उक्त विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०८२, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ: राष्ट्रपति
राष्ट्रपतिले किन भेटिरहेका छन् तारान्तार कांग्रेस नेताहरु ?
राज्य एकीकरणमा पूर्वजको महत्त्वपूर्ण योगदान : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत थम्पसनको बिदाई भेट
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस