सुनसरी । सुनसरीमा एक पुरुषले गोली हानेर आफ्नी सालीको हत्या गरेका छन्।
हरिनगर गाउँपालिका–६ का आजात मियाँले साली अर्चना खातुनको गोली हानी हत्या गरेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार गएराति करिब २ बजेतिर भिनाजुले गोली हान्दा सालीको मृत्यु भएको हो।
गोली हान्नुको कारण भने खुलेको छैन। घरमा मृतक खातुन र उनकी बहिनी मात्रै बस्दै आएका प्रहरीले जनाएको छ।
गोली प्रहार गर्ने मियाँ भारतीय नागरिक हुन्। उनी राति राति मात्रै सालीहरु बस्ने गरेको कोठामा आउने गरेका प्रहरीको भनाई छ। घटनापछि उनी फरार छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०८२, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रयोग गरी छोराले गरे आमाको हत्या
तनहुँमा तीन जनाको बीभत्स हत्या, घटना रहस्यमय
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या