सुनसरी । सुनसरीमा एक पुरुषले गोली हानेर आफ्नी सालीको हत्या गरेका छन्।
हरिनगर गाउँपालिका–६ का आजात मियाँले साली अर्चना खातुनको गोली हानी हत्या गरेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार गएराति करिब २ बजेतिर भिनाजुले गोली हान्दा सालीको मृत्यु भएको हो।
गोली हान्नुको कारण भने खुलेको छैन। घरमा मृतक खातुन र उनकी बहिनी मात्रै बस्दै आएका प्रहरीले जनाएको छ।
गोली प्रहार गर्ने मियाँ भारतीय नागरिक हुन्। उनी राति राति मात्रै सालीहरु बस्ने गरेको कोठामा आउने गरेका प्रहरीको भनाई छ। घटनापछि उनी फरार छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०८२, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै