काठमाडौ । आज दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएका छन्।
सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।
आजको बैठकमा सहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, पर्यटन र ऊर्जा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्।
आजको बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीसमेत रहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०८२, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’