काठमाडौ । आज दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएका छन्।
सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।
आजको बैठकमा सहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, पर्यटन र ऊर्जा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्।
आजको बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीसमेत रहेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०८२, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड