एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले सैन्य आपूर्ति पुनः सुरु गरेको बताएका छन् । अमेरिकाले गएको साता युक्रेनमा महत्त्वपूर्ण हतियारको आपूर्ति रोकेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एनबीसी न्युजसँग आफूले नेटोसँग सम्झौता गरेको बताएका थिए ।
गठबन्धनमार्फत अमेरिकी प्याट्रियट हवाई रक्षा प्रणाली युक्रेनलाई प्रदान गरिने उनले उल्लेख गरेका थिए । यो निर्णय रुसको बढ्दो हवाई आक्रमणपछि लिइएको जनाइएको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यसअघि हतियारको आपूर्ति रोकिएबाट आफ्नो देशको सुरक्षामा असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ असार २०८२, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिसँग नेपालका लागि साउदीका राजदूतको बिदाइ भेट
फागुन २१ गतेको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य : राष्ट्रपति
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै
राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने
गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण
राष्ट्रपति पौडेल कतार प्रस्थान