काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले नवराज सुवेदीलाई लोकलाजको ख्याल गर्न आग्रह गरेका छन्।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत सुवेदीको पछिल्लो राजनीतिक निर्णयप्रति असन्तोष व्यक्त गरेका हुन्।
सार्वजनिक रुपमा चैत ४ गते राप्रपा परित्यागको घोषणा गरेका सुवेदी फेरि निर्वाचन आयोगमा राप्रपामै रहेको पुष्टि गर्न जान लागेको सुनेको भन्दै श्रेष्ठले आइतबार फेसबुकमा लेखेका छन्, 'लोकलाजको ख्याल गर्नुस् बा, जीवनको उत्तरार्द्धमा इमान नछाड्नुस्।'
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएर रोशन कार्कीलाई मनोनीत गरेपछि उक्त पार्टीमा विवाद बढेको छ ।
विवाद बढेकै बेला शनिबार बसेको इतर पक्षको बैठकले लिङ्देनको कदम विधान विपरीत भएको जिकिरसहित सुवेदी निर्वाचन आयोगमा जाने निर्णय भएको थियो । सोहीअनुसार उनी बिहान साढे ११ बजे आयोग पुग्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ असार २०८२, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने
राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा