यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शनिबार, २८ असार २०८२, ०७ : ३८
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २१  पैसा र बिक्रीदर ९० रुपैयाँ ६० पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०६ पैसा र बिक्रीदर १०० रुपैयाँ ५० पैसा, र युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा कायम गरेको छ । 

त्यसैगरी शनिबार युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ २० पैसा र बिक्रीदर १८६ रुपैयाँ ०१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस