काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला काठमाडौँको विशालनगरमा सुरु भएको छ।
आफ्ना गुटका नेतालाई कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले पार्टीबाट निकालेपछि कोइरालाले आज आफ्नो सम्पर्क कार्यालयमा आफूपक्षीय नेताको भेला बोलाएका हुन्।
भेलामा कोइरालाले आफू पक्षका केन्द्रीय सदस्य, मन्त्री, सांसद र नेताहरूलाई बोलाएका छन्। भेलामा कृषिमन्त्री रामनाथ अधिकारी, खेलकुदमन्त्री तेजुलाल चौधरी, केही सांसद र केन्द्रीय सदस्यहरू पनि गएका छन्।
अहिले भेला जारी छ। आफूपक्षीय नेतालाई छानीछानी संस्थापन पक्षले कारबाही गरेको आरोप कोइराला पक्षले लगाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ असार २०८२, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइराला समूहको भेला आज
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
म पार्टीको कुनै पनि समूहमा छैन : शेखर कोइराला
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी