काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले रास्वपा सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेको छ ।
सांसद गौतमले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको समाचार आएको भन्दै उक्त विषय गम्भीर रहेको बताएकी थिइन् । त्यसप्रति आपत्ति जनाउँदै बर्तौलाले संसद्को रेकर्डबाट हटाउन माग गरेका हुन् ।
‘केही माननीयज्यूहरूले असाध्यै भ्रामक, तथ्यहीन र आपत्तिजनक विषय यो संसद्मा राख्नुभएको छ । बोल्न पाउने अधिकारलाई दुरुपयोग गर्दै प्रधानमन्त्रीज्यू स्पेनको अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सहभागी भएर फर्किसक्नुभयो,’ बर्तौलाले भने, ‘उहाँ स्पेनको कार्यक्रममा सहभागी हुँदै गर्दा केही मान्छे स्पेनमै बसेका छन्, भिजिट भिसामा गएर फर्किएका छैनन् भन्ने विषय यहाँ प्रस्तुत भए । यी विषय असाध्यै निराधार, कपोकल्पित र भ्रामक र यस्तो गरिमामय संसद्मार्फत जिम्मेवार सांसदबाट तथ्यहीन कुरा गर्ने कुरा बेठीक छ । यस्ता तथ्यहीन भ्रमणपूर्ण विषयलाई संसद्को रेकर्डबाट हटाइनुपर्छ ।’
साथै, उनले को को मान्छेहरू नफर्किएका हुन् ? त्यसबारे संसद्मै बोलेर भन्न चुनौती पनि दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०८२, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
महाधिवेशनमार्फत आन्तरिक असन्तुलन व्यवस्थापन गरिएको एमाले अध्यक्ष ओलीको दाबी
पार्टी गतिविधिलाई समयानुशासनमा केन्द्रित गरिने एमालेको प्रतिबद्धता