काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले देश परिवर्तनका लागि सुरुमा राजनीति सुधार्न आवश्यक रहेको बताएकी छिन् ।
सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानका क्रममा शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
‘यो देशमा कायापलट गर्नुपर्ने छ भने पहिला राजनीतिलाई सुधार्नुपर्ने छ । राजनीति सफा गर्न पक्कै पनि जनमतले मात्रै सफा गर्न सक्छ,’ सांसद गौतमले भनिन्, ‘शक्तिशाली कोही छ भने केवल जनता मात्रै छ । रास्वपाले चेतना बाँडिरहेको छ ।’
उनले अब आउने निर्वाचनमा हरेक नेपालीलाई मतसँग जोडेर देश परिवर्तनको अभियानमा जोडिनका लागि पनि ऊर्जाशील बन्नुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ असार २०८२, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन गौतमको आह्वान
न्यायालयमा विधि बचाउने साझा जिम्मेवारी हो : सोबिता गौतम
सभापतिमाथि लगाएको मुद्दामा दम छैन: सोबिता गौतम
जडीबुटी प्रशोधन केन्द्र बस्तीबाट टाढा सार्न योजना बनाऔं : सोबिता गौतम
सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छः सोबिता गौतम
संसदीय इतिहासमा हिजो ‘कालो दिन’का रूपमा दर्ज भयो : सोबिता गौतम