काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशका अध्यक्ष अशोकुमार यादवविरुद्ध सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कासँग गाली गलौचमा उत्रिएका यादवलाई अदालतले शुक्रवार पक्राउ पुर्जी जारी गरेको हो ।
आपराधिक उपद्रो कसुरमा यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरले बताए ।
जसपा प्रदेश अध्यक्ष यादव र सर्लाही प्रहरीका प्रमुख खड्काबिच टेलिफोनमा भएको बाझाबाझ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । पूर्व मधेस प्रदेश सभा सदस्य समेत रहनुभएका यादव र एसपी खड्काबिच बिहीबार राति टेलिफोनमा गालीगलौज भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, २१ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व