काठमाडौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संवैधानिक नियुक्तिविरुद्ध परेको रिटको निर्णयसँगै अन्योल अन्त्य भएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् संक्षिप्त प्रतिक्रिया दिँदै उनले अब ती निकायले काममा तीव्रता दिनुपर्ने धारणा राखेका छन् ।
'संवैधानिक आयोगमा भएको नियुक्तिउपर परेको मुद्दाका कारणले उत्पन्न अन्योल अन्त्य भएको छ। अब ती निकायको काममा तीव्रताको अपेक्षा गरौं,' फेसबुकमा उनले लेखेका छन् ।
सर्वोच्च अदालतले साढे चार वर्षदेखि ५२ संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी विवादलाई बुधबार मध्यरातमा टुंग्याएको थियो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको अध्यादेशका आधारमा १० असार २०७८ मा भएको २० पदाधिकारी नियुक्ति सर्वोच्चले गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ असार २०८२, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल
नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : शंकर पोखरेल
सरकार निर्वाचन गराउने बाटोमा अग्रसर छैनः शंकर पोखरेल
मधेसका मुख्यमन्त्रीलाई तत्काल राजीनामा गराई कोर्स करेक्सन गराउनुपर्ने शंकर पोखरेलको प्रस्ताव
मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छ’: शंकर पोखरेल
शंकर पोखरेलको प्रश्न- ‘कुलमानलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?’