काठमाडौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संवैधानिक नियुक्तिविरुद्ध परेको रिटको निर्णयसँगै अन्योल अन्त्य भएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् संक्षिप्त प्रतिक्रिया दिँदै उनले अब ती निकायले काममा तीव्रता दिनुपर्ने धारणा राखेका छन् ।
'संवैधानिक आयोगमा भएको नियुक्तिउपर परेको मुद्दाका कारणले उत्पन्न अन्योल अन्त्य भएको छ। अब ती निकायको काममा तीव्रताको अपेक्षा गरौं,' फेसबुकमा उनले लेखेका छन् ।
सर्वोच्च अदालतले साढे चार वर्षदेखि ५२ संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी विवादलाई बुधबार मध्यरातमा टुंग्याएको थियो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको अध्यादेशका आधारमा १० असार २०७८ मा भएको २० पदाधिकारी नियुक्ति सर्वोच्चले गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ असार २०८२, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्य बुझेको एमाले हरेक चुनौतीको सामना गर्छ : शंकर पोखरेल
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल