काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको टोपी लगाएर मात्र नेतृत्व नहुने भन्दै नेतृत्व गर्न सक्रियता चाहिने बताएका छन् । नेपाल बौद्धिक परिषद्, बुढानीलकण्ठ नगर कमिटीले मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजना गरेको विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मार्क्सवादलाई नेपालको विशेषतामा लागु गर्नुपर्छ भन्ने मान्यताका साथ मदन भण्डारीले जबजलाई अगाडि सारेको बताए ।
उनले भने, ‘सिद्धान्तले जीवन बदल्न सक्दैन । जीवन बदल्न त्यहाँको यथार्थतामा आधारित हुनुपर्छ भन्ने उहाँको जोड थियो ।’मदनले ‘खुट्टाअनुसारको जुत्ता’ को मान्यता राख्ने गरेको चर्चा पोखरेलले गरे । ‘जुत्ता सानो भयो भनेर खुट्टा काट्ने हैन, खुट्टा अनुसारको जुत्ता बनाउने हो, जनताको बहुदलीय जनवाद पनि नेपाली खुट्टाअनुसार अगाडि आएको विचार हो’, उनले भने ।
कम्युनिष्ट र त्यसका कार्यकर्तामाथि कसैले हिंसा थोपर्यो भने प्रतिवाद गर्न सकिन्छ । तर, हिंसामा मार्क्सवादले विश्वास नगर्ने उनले बताए । भने, ‘समाज बदल्ने, मन र विचारसँगै प्रणाली बदल्ने कुरा मार्क्सवादले गर्छ ।’
कार्यक्रममा स्वतन्त्र वामपन्थी नेता मल्ल के सुन्दरले राजनीतिमा वामपन्थीको पकड सन्तोषजनक नभएको चर्चा गरे । कार्यक्रममा एमाले, काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलालले कम्युनिष्ट पार्टीभित्र जनताको मतका आधारमा अगाडि बढ्ने प्रतिज्ञा हुनुपर्छ भने । ‘मतबाट अगाडि बढ्ने परिकल्पनासहित मार्क्सवादको नवीन विचारका रूपमा जनताको बहुदलीय जनवाद आएको हो’, उनले भने ।
परिषद्का नगर कमिटी अध्यक्ष शारदा नेपालको अध्यक्षतामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम बुढानीलकण्ठ नगरपालिका– ५, दुलालगाउँस्थित बुढानीलकण्ठ क्याम्पिङमा आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ असार २०८२, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकको विकासका निम्ति दुवै छिमेकीको सहयोग अपरिहार्य : ईश्वर पोखरेल
वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर पोखरेल
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
दोषी भए पूर्वराजालाई नागरिक जसरी दण्डको भागीदार बनाउँछौं: ईश्वर पोखरेल
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं: ईश्वर पोखरेल
वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी