मोरङ । मोरङको धनपालथान गाउँपालिका–५ बबिया पाँच वर्षीया बालिकाको हत्या भएको छ।
शुक्रबार रातिदेखि नै हराएकी बालिकाको शव स्थानीय दुर्गा आधारभूत विद्यालयअगाडि सडक छेउमा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बालिका आत्तिका सरदारको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ। उनी शुक्रबार राति हजुरआमासँग सुतेकी थिइन्।
शनिबार बिहान करिब ३ बजे हजुरआमाले नातिनी बेपत्ता भएको थाहा पाएपछि हल्ला सुरु भएको थियो।
गाउँभर बालिका चोरी भएको हल्ला फैलियो। छरछिमेक जुटेर खोजी गर्दा बिहान साढे ४ बजे घरदेखि करिब १५० मिटर टाढा दुर्गा आधारभूत विद्यालयअगाडि सडक छेउमा बालिकाको शव फेला परेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ असार २०८२, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रयोग गरी छोराले गरे आमाको हत्या
तनहुँमा तीन जनाको बीभत्स हत्या, घटना रहस्यमय
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या