नेविसंघका महामन्त्री काफ्ले खतरामुक्त

शुक्रबार, ०७ मंसिर २०७५, १४ : ५९
नेविसंघका महामन्त्री काफ्ले खतरामुक्त

काठमाडौँ  । हृदयाघात भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रको सघन उपचार कक्षमा उपचाररत नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्ले खतरामुक्त रहेको अस्पतालले जनाएको छ । 

भर्खरै चिकित्सकले दिनुभएको जानकारीअनुसार उहाँ खतरामुक्त रहेको र अझै २४ घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य कुमार दुलालले जानकारी दिनुभयो । 

काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएको हो । काफ्ले नेविसङ्घको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री हुनुहुन्छ ।  (रासस) 

प्रतिक्रिया दिनुहोस