काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बजेटले नयाँ पुस्तालाई मुलुकमा स्वरोजगार र उत्पादनसँग जोड्ने कार्यक्रम ल्याएको बताएका छन् ।
काठमाडौँ जिल्ला कमिटीको बैठकलाई आज सम्बोधन गर्दै उनले बजेटले रोजगारी सिर्जना, स्टार्टअप प्रवर्द्धन, कृषिको आधुनिकीकरण, उद्यमशीलता र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए ।
“बजेट सन्तुलित, उद्देश्ययुक्त र कार्यान्वयनमुखी छ । बजेटका कार्यक्रमले युवालाई देशभित्रै राख्ने प्रयास गरेको छ,” महासचिव पोखरेलले भने ।
उनले बजेटको प्रभावकारी कार्यान्वयन भए थुप्रै संरचनात्मक समस्या समाधान गर्न सकिने धारणा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ असार २०८२, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हाम्रा प्रयत्नका तुलनामा षड्यन्त्रकारी मुखर भएर आए: शंकर पोखरेल
जेनजी हाम्रो परिचय होइन, पश्चिमाले थोपरिदिएको हो : शंकर पोखरेल
राष्ट्रसामु नयाँ चुनौती थपिएका छन्, सामना गर्नुको विकल्प छैन’: शंकर पोखरेल
नयाँ पुस्ताको विश्वास जित्नेगरी पार्टी गतिविधि अघि बढाऔं : शंकर पोखरेल
‘आफ्नै भूलबाट नसिक्ने मूर्ख मानिन्छन्’ : शंकर पोखरेल
धैर्य गरौँ, हामी फेरि उठ्ने छौँ: शंकर पोखरेल